"कृषकबाट उद्योगी बने जीवनाथ"

हुमनाथ बगाले

निरन्तर मेहनत र परिश्रमले मानिसलाई अरुभन्दा भिन्न वनाउँछ अन्ने महान विचारका धनी जिवनाथ ढुङ्गाना आफ्नो भाग्यमा सात्दा सधै कर्ममा विश्वास गर्नुहुन्छ । विहानको प्रायजसो ४.३० बजे उठ्‌ने र राति १० बजेसम्म पशुष् पशुपालन व्यवसाय र दूधका विभिन्न परिकारहरु बनाउनमा व्यस्त उहाँ र उहाँको परिवार नेपालमा पशुपालन व्यवसायमा केही गर्छु भन्नेहरुका लागि एउटा नमुना बन्नुभएको छ ।

पिता रेश्मीराज ढुङ्गाना र माता चतुर्भुजाबाट दोस्रो सन्तानको रूपमा २०२३ सालमा जन्मनु भएका जीवनाथ ढुङ्गानाको १ छोरा १० बुहारी र दुई नाति, नातिना सहितको ५ जनाको परिवार छ भने ३ जना छोरीहरुलाई विवाह गरेर दिईसक्नु भएको छ। दुई भाइमध्ये जेठो छोरा भएकोले उहाँ छुट्टै आफ्नो घर बनाई वस्तु भएको छ । मिहनेत अनुसार अध्ययनमा प्रतिफल सोचे अनुरुप नभएका कारण दाम्पत्य जीवनमा अलि छिटो बाधिनु भएको उहाँलाई अलि छिट्टै नै दैवले छुटायो। आफ्नो मेहनत गर्ने बानी परम्परागत गर्जो टार्ने बाहेक नगद प्राप्त हुँदैन थियो । इत्यन्त जिज्ञाशु र चिन्तनशील बानी भएकोले कृषि र पशु कार्यालयमा धाउँदा आधुनिक खेती प्रणाली र पशुपालनतर्फ अकर्षित प्रेरणा पाउनुभएका उहाँले आफ्नो जमिनमा आलु, काउली, बन्दा, प्याज टमाटर जस्ता नगदे वालीका मौसम अनुसारको तरकारी खेतीसँगै दूध धेरै दिने भैसी खरिद गर्नुभयो। घरको नजिक प्राथमिक स्वास्थ्य केन्द्र (हाल रामपुर अस्पताल) छ त्यही कार्यरत कर्मचारीहरुलाई दूध विक्री गर्न थाल्नु भयो । केही मात्रा भए पनि नगद हात पर्न थालेपछि उहाँमा चप हौसला सँगै ईच्छा जाग्दै गयो र लगानी वृद्धि गरी थप आम्दानी बढाउने मनसाय संगै पूँजिको जोहोको लागि संस्थामा सम्र्पक राखी २०६१/०४/०१ मा शेयर सदस्य बन्नुभयो । मिहेनती र अनुशासित कृषक जीवनाथलाई संस्थाका सबैले राम्ररी चिन्दथे । उहाँको व्यवसायप्रतिको लगनशीलता देखेर रु. ६,०००/- तरकारी खेतीलाई संस्थाले ऋण उपलब्ध गरायो। तरकारी खेती तथा दूध विक्री दोहोरो परिपुरक व्यावसायबाट उहलि उन्नति गर्दै जानुभयो र संस्थाको ऋण निर्धारित समय मन्दा अगाडि नै चुक्ता गर्नुभयो । आफूलाई आवश्यकता परेको समयमा तुरुन्तै संस्थासँग सम्पर्क गर्ने उहाँले जति पटक आऋण लिए पनि भाखा भएन । ग्रामीण भेगमा रहेर सर्वसाधारण मानिसलाई बालनान वानी र व्यवसायिकता तर्फ उन्मुख गराएका हमालाई वचत राष्ट्र बैंकले यस संस्थालाई विना पिनो समाएको हुनाले नेपाल राष्ट्र बैंकको ऋण वितरण गर्ने निश्चित् मापदण्डका सदस्यहरुमध्ये तरकारी खेती र पशुपालन व्यवसायका लागि उहाँ पनि छनौट हुनुभयो र २०६३/११/१४ मा रु ४०,००० संस्थाबाट ऋण लिई उन्नत भैसी खरिद गर्नुभयो बाँकी पैसा तरकारी खेतीमा लगानी गर्नुभयो। आफुले उत्पादन गरेको दूध उहाँलाई विक्री गर्न अलि कठिन पर्न थाल्यो । विस्तारै जीवनाथमा डेरी उद्योग सञ्चालन गर्ने सोचाईको विकास भयो । आफ्नो घरको जनशक्ति पढाईमा भएको कारण एक्लै मुश्किल पर्ने महशुस गरी आफूजस्तै मेहनती सहपाठीको सयुक्त लगानीमा करिब २ लाखको डेरी उद्योग सञ्चालन गर्नुभयो । त्यसका लागि जिल्ला पशु कार्यालय पाल्पाले रु ४०,००० अनुदान उपलब्ध गराएको थियो भने अन्धकारमुक्ति साकोसले पुन उहाँलाई डेरी उद्योग सञ्चालनका लागि रु ४०,००० ऋण लगानी गरेको थियो ।

केही समयपछि एक्लै व्यवसाय समाल्नु भएको उहाँले बजार विस्तार र विकासको क्रमसँगै दूध र दूधजन्य परिकारहरुको माग बढ्न थाले सँगै नयाँ सोच र उद्योगको दिगोपनका लागि २०६५ साल वैशाखमा तराईबाट जर्सी गाई ल्याएर व्यावसायिक दूध उत्पादन गर्न थाल्नुभयो। हालको अवस्थामा आईपुग्दा उहाँसंग जर्सी र होलिस्टीन जातका सानाठूला गरी ११ ओटा गाईहरु रहेका छन्। आफ्नै घरवाट दिनको, ५०/६० लिटर दूध उत्पादन गर्दै आउनुभएका उहाँले अन्य कृषकहरुवाट ३००/३५० लिटर दूध खरिद गर्दै आउनुभएको छ । दिनको ३५०/४०० लिटर ध विकीका लागि उहाँले रामपुरको मुख्य व्यापारिक केन्द्र वेझाड बजार र आफ्नै घरवाट गर्दै आईरहनु भएको छ । कात्तिक, पुस र माघमा दूधको खपत कम हुने भएकाले दूधवाट वन्ने विभिन्न परिकारहरुका साथै छुर्पि बनाउने र त्यसलाई स्थानिय बजारसँगै पोखरा पठाउने गरेको उहाँ बताउनुहुन्छ । हाल गाईको दुध प्रति लिटर रु १०० रुपैया, भैंसीको दुध प्रति लिटर १२० रुपैया, रहेको छ भने सबै खर्च कटाएर मासिक रु १ लाख रुपैयासम्म बचत हुने गरेको उहाँ बताउनुहुन्छ ।

प्रकृया तथा कागजपत्र पुऱ्याएको अवस्थामा अनुदानहरु पनि प्राप्त गर्न सकिने भन्दै उहाले हालसम्म गाई र्फमका लागि रामपुर नगरपालिकाबाट १ लाखको अनुदान २ पटक रामपुर नगरपालिकाको सुयाज अनुदानमा ८ लाख ऋणको व्याज अनुदान, पसल सुधार कार्यकक्रम अन्र्तगत कृषि तथा पशुपक्षी निर्देशनालयवाट साझेदारी कार्यक्रम अन्र्तगत आफ्‌नो ४ लाख र प्रदेश सरकारको ४ लाख तथा यस वर्ष पनि पसल सुधार साझेदारी कार्यक्रम अन्तर्गत ५० हजार आफ्‌नो र ५० हजार प्रदेश सरकारको अनुदान कार्यक्रम मार्फत किम सेपेटर, पनिर बनाउने डाई र क्यानहरु खरिद गरेको वताउनुहुन्छ ।

गाईलाई घाँसको लागि आफ्‌नो तथा भाडामा गरी करिव १५ रोपनी जग्गामा हिउदमा जै, वर्षिम, मलाई तथा वर्खामा निपियर, सुपर निपियर र मलाटो जस्ता उन्नत जातका घाँसका विउविजनहरु लगाउने गरेको उहाँ बताउनुहुन्छ । आजभोलि नियमित काम गर्ने मान्छे पाउनै गाह्रो भएकाले आफूलाई अलि बही आवश्यक भएको समयमा दैनिक ज्यालादारीमा मान्छे लगाउने गरेको बताउनुहुन्छ । सबै पशुपालक कृषक यसैमा लागेको अवस्थामा रामपुरमानै सबै दूध खपत हुने सम्भावना नरहेको भन्दै एउटा योजना र लक्ष्यका साथ सबै जना समन्वय गरेर बाहिरी बजारमा यस क्षेत्रको दूध तथा दूधजन्य परिकारहरु पठाउन सक्यौ भने यस क्षेत्रको छुट्टै पहिचान बनाउन सकिने बताउनुहुन्छ ।

यसरी साधारण कृक्षकवाट उद्योगपति बन्नुभएका जीवनाथ ढुङ्गानाले हाल पशुपालन व्यवसाय तथा डेरी उद्योग सञ्चालनवाट नै छोरा छोरीको विवाह, जग्गा खरिद, दुई तले पक्की घर, दुई वटा दुइ पाङ्ग्रे सवारी साधन संगै आजको यस सुधारिएको

आर्थिक अवस्थासम्म आईपुगेको वताउनुहुन्छ । छोरा र बुहारीको राम्रो साथ पाउनुभएका उहाँले आगामी दिनहरुमा व्यवसायलाई अझ व्यवस्थित गर्दै लैजाने वताउनुहुन्छ । सामाजिक कार्यमा पनि सकिय उहाँ घरवाट नजिकैको रहेको वाल कल्याण प्रथामिक विद्यालयको लामो समयसम्म अध्यक्ष जस्तो गरिमामय पदमा रही विद्यालयको विकास, विस्तार र उन्नतिको लागि काम गर्दै सोही विद्यालयमा आफ्नो श्रीमतीको नाममा अक्षयकोष स्थापना गरी गरिव तथा जेहन्दार विद्यार्थीहरुका लागि आवश्यक सामाग्रीहरु उपलव्ध गराईरहनु भएको छ । उहाँले विगतलाई स्मरण गर्दै हिजोको दुखको घडीमा मेरो लागि अन्धकारमुक्ति साकोस सारथी भएको भन्दै आजको यस अवस्थासम्ममा आईपुग्न त्यस संस्थाको महत्वपूर्ण भूमिका रहेको बताउनुहुन्छ । वर्तमान समयमा नेपालमा भन्दा विदेशमा नै गएर पैसा कमाउन सकिन्छ भन्ने मानसिकता बढेको भन्दै उहाले नेपालमै पनि कुनै काममा दत्तचित्त भएर, इमान्दारिता र धैर्यताका साथ मरो जीवन यही हो भन्ने भावनाले लाग्ने हो भने सफलतालाई कसैले छेक्न नसक्ने वताउनुहुन्छ ।

उहाँले जीवनमा गरेका अथक परिश्रम अहिले सबैलाई प्रेरणाको स्रोत बनेको छ । संस्थाले म जस्तो अरु जन्माउन सकोस् यही छ मेरो कामना भन्नुहुन्छ जीवनाथ ।